Comments Add Comment

वाटफोर्डमाथि आर्सनलको संघर्षपूर्ण जित

Photo Credit : प्रिमियर लिग

३ वैशाख, काठमाडौं । आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डलाई पराजित गरेको छ ।

आर्सनलले सोमबार राति उसैको मैदानमा वाटफोर्डलाई १–० गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा इमेरिक अबुमेयाङले गरेको गोल नै निर्णायक सावित बन्यो ।

खेलको १०औं मिनेटमा अबुमेयाङले गोल गर्दै आर्सनललाई १–० गोलको अग्रता दिलाएका थिए । यसको एक मिनेटपछि नै वाटफोर्डका ट्रोय डेनी रेड कार्ड खादै मैदानबाट बाहिरिएपछि वाटफोर्डलाई अर्को झड्का लागेको थियो ।

१० खेलाडीमा सीमित वाफोर्डले बाँकी समयमा आर्सनललाई रोकेपनि गोल गर्न भने सकेन । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित हात पारेको हो ।

जितसँगै आर्सनल लिगको चौथो स्थानमा उक्लिएको छ । आर्सनलको ३३ खेलबाट ६६ अंक हुदा यति नै अंक भएको चेल्सी भने लिगको पाँचौं स्थानमा झरेको छ । यता, पराजित वाटफोर्डको भने ४६ अंक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment