
३ वैशाख, काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत दोस्रो चरणको छनोट खेल्ने नेपाली टिमको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले यही महिना म्यानमारमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत दोस्रो चरणको छनोट प्रतियोगिताको लागि २३ सदस्यीय टिमको घोषणा गरेको हो ।
दोस्रो चरणको खेल यही अप्रिल २६ देखि ३० तारिखसम्म म्यानमारमा हुदैछ । समूह ‘ए’ मा आयोजक म्यानमारसँगै, नेपाल, अष्ट्रेलिया र उब्जेकिस्तान रहेका छन् ।
नेपालले पहिलो खेल अष्ट्रेलियासँग २६ अप्रिलमा खेल्नेछ । त्यस्तै, दोस्रो खेल नेपालले २८ अप्रिलमा उब्जेकिस्तानसँग खेल्ने नेपालले अन्तिम खेल आयोजक म्यानमारसँग ३० तारिखमा खेल्नेछ ।
दोस्रो चरणको समूह ‘ए’ बाट विजेता र उपविजेताले एएफसी यू–१९ महिला च्याम्पियनसिप फुटबल खेल्ने छन् ।
म्यानमार प्रस्थान गर्नु अघि नेपालले चीनको भ्रमण गर्नेछ । चीनको चेन्दु स्टेटसँग दुई खेलको मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपश्चातथ नेपाल त्यहीबाट म्यानमार प्रस्थान गर्नेछ ।
नेपाली टिम
गोलकिपर : अञ्जना रानामगर, उषा नाथ, रविका राई ।
डिफेन्डर : निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला विश्वकर्मा, पुजा रानामगर, सलोनी रानामगर, सविता रानामगर
मिडफिल्डर : सरु लिम्बु, मञ्जली कुमारी योञ्जन, मेनुका आलेमगर, अस्मिता बैद्य, मनिषा राउत, सुहानी कशुवार, प्रीति राई, सम्झना लावती
फरवार्ड : रश्मीकुमारी घिसिङ, एलिसाा जिम्बा, रेखा पौडेल निर्मला उपाध्याय
प्रतिक्रिया 4