+
+
Shares

युनाइटेडलाई पन्छाउँदै मेस्सी प्रेरित बार्सिलोना सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ४ गते ७:२४

४ वैशाख, काठमाडौं । लिओनल मेस्सी प्रेरित बार्सिलोनाले म्यानचेष्टर युनाइटेडलाई हराएको छ र च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाले युनाइटेडलाई ३–० ले हराएको हो । पहिलो लेग १–० ले जितेको बार्सिलोना समग्रमा ४–० ले विजयी भएको छ ।

घरेलु मैदान नाउक्यापमा भएको खेलमा बार्सिलोनाले १६ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै मेस्सीले दोस्रो गोल गरे ।

त्यसअघि युनाइटेडले राम्रो खेलेको थियो । ४० औं सेकेण्डमा उसमा मार्कोस रासफोर्डको प्रहार बारमा लागेको थियो ।

तर, मेस्सीको गोलपछि खेलमा बार्सिलोना हावी भयो । दोस्रो हाफको ६१ औं मिनेटमा काउटिन्होले गोल गरे । ९० औं मिनेटमा युनाइटेडका एलेक्स साञ्चेजको हेडर बार्सिलोनाका गोलकिपरले रोकेका थिए ।

युनाइटेडका प्रशिक्षकले मेस्सी र रोनाल्डो दशकै उत्कृष्ट खेलाडी भएको र आफ्नो टिमविरुद्ध मेस्सीले त्यो देखाएको बताए ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?