Comments Add Comment

ट्विटर प्रतिक्रियाः ‘के अर्को ठग्स अफ हिन्दुस्तान’ हो ‘कलंक’ ?

नेपालमा चलचित्र ‘कलंक’ रिलिज नभएपछि विभिन्न खालका बहस भैरहेका छन् । कतिपयले चलचित्र विकास बोर्डले शक्तीको दुरुपयोग गरेको आरोप लगाइरहेका छन् भने कतिपयले बोर्डको निर्णयलाई सही भनेका छन् । नेपालमा यो चलचित्र शुक्रबार रिलिज हुने बताइएको छ । तर, नेपालमा रिलिज नभएपनि भारत लगायत विश्वभर यो चलचित्र रिलिज भैसकेको छ । २ घन्टा ४० मिनेट भन्दा लामो चलचित्रको समिक्षा पनि सार्वजनिक भैरहेका छन् ।

तर, चलचित्रको समिक्षा निकै नै खराब छ । चलचित्रलाई धेरैले अर्को ‘ठग्स अफ हिन्दुस्तान’ भनेर समिक्षा गरिरहेका छन् । बलिउडमा सफल समिक्षक तथा टे«न्ड विश्लेषक तरण आदर्शले लेखेका छन्–‘निराशाजनक । आशामा खरो उत्रन सकेन । लेखन, संगीत र लामो कथाले कमजोर । केही नाटकीय दृश्य मात्र । दोश्रो हाफले केही मात्रामा जोड्न सक्छ । क्लाइमेक्स राम्रो छ । बरुण धवन, आलिया भट्ट, आदित्य रोय कपुर र कुनाल खेुमको काम राम्रो छ ।’ उनले चलचित्रलाई जम्मा २ स्टार दिएका छन् ।

यस्तै, बलिउडका अर्का टे«न्ड विश्लेषक रोहित जैसवाल लेख्छन्–‘निकै नै निराशाजनक । कलंक ठूलो बजेट, धेरै कलाकार, उच्च सेट र विश्वभर ठूलो रिलिजले काम गर्दैन भन्ने एउटा उदाहरण हो । एउटा सुनौलो अवसर वेकार भएको छ ।’ उनले यो चलचित्रलाई १.५ रेटिङ दिएका छन् ।

चलचित्रको पहिलो शो सकिएसँगै यसको समिक्षा ट्विटरमा आउन थालेको छ । ट्विटरमा चलचित्र हेर्नेहरुले निकै नै खराब प्रतिक्रिया दिएका छन् । कतिपयले यसलाई अर्को ‘ठग्स अफ हिन्दुस्तान’ पनि भनेका छन् ।
ट्विटरमा आएको प्रतिक्रिया र समिक्षकले निराशाजनक भनेर समिक्षा गरेसँगै बीग बजेटमा बनेको यो चलचित्रको व्यापारमा ठूलो असर पर्ने देखिएको छ । ‘कलंक’ले व्यापारमा नयाँ रेकर्ड राख्ने अपेक्षा धेरैको थियो । तर, यो सुनौलो अवसर निर्माता करण जोहरले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment