+
+

एनआईसी एशियाको सेयर मूल्य के कारणले बढ्दैछ ?

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ४ गते १७:४३

४ वैशाख, काठमाडौं । केहिदिन देखि एनआईसी एशिया बैंकको सेयर कारोबारले उचाई लिएको छ । एनआईसी एशियाको सेयर किनबेच ठूलो मात्रामा भइरहेको छ । पछिल्ला केहिदिनदेखि कारोबार रकमका आधारमा एनआईसी एशिया टप १० भित्रै देखिन्छ ।

सेयर मूल्य पनि राम्रै बढीरहेको छ । यद्यपि बुधबार भने यस बैंकको सेयर मूल्यमा गिरावट आयो । बुधबार गिरावट आएको चर्चा भन्दा पनि यस अघि बढेको सेयर मूल्यको चर्चा राम्रै भयो । यस बैंकमात्रै नभएर समग्र पछिल्लो समय समग्र बजार नै उकालो लागेको अवस्था छ ।

तर पनि नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहका कारण सेयरको मूल्य बढ्यो भन्ने केहि हल्ला पनि चल्यो । यो वास्तविकता नभएर केवल निराधार हल्ला मात्रै भएको लगानीकर्ता स्वयम नै बताउछन् ।

अर्कोतर्फ नविलका सीईओ शाहले कुनै आपचारिक समारोहमा कुनै बैंकको बढ्छ वा घट्छ भन्ने कुनै प्रतिक्रिया पनि दिएका छैनन् । यद्यपि, केहि लगानीकर्ताहरुमा यो विषयले चर्चा पाएको थियो ।

‘वहाँले औपचारिक समारोह तथा कुनै सञ्चारमाध्यमलाई यस्तो प्रतिक्रिया दिनु भएको छैन’ सीईओ शाह निकट श्रोतले भन्यो, ‘अब वहाँले घरमा वा कुनै इष्टमित्रसँग व्यक्तिगत तरिकाले कुनै कुरा गर्नु भएको भए थाहाँ भएन ।’

के भन्छन् लगानीकर्ता ?

पछिल्लो समय एनआईसी एशियाको सेयर मूल्य बढ्नु स्वभाविक भएको सेयर बजारका अनुभवी लगानीकर्ता डम्बरुबल्ल घिमिरे बताउछन् । उनले अनलाइनखबरसँगको कुराकानीमा एनआईसी एशियाको पछिल्लो प्रगति अनुसार सेयर मूल्य बढ्नु स्वभाविक भएको र अझै बढ्नेमा दुईमत नरहेको बताए ।

उनले एनआईसी एशियाको सेयर मूल्य बढ्नुको कारण दुई वटा रहेको बताए । ‘अहिले एनआईसी एशियाको सेयर मूल्य दुईवटा कारणले बढीरहेको छ, एउटा समग्र बजार नै बढेकाले त्यसको प्रभाव हो अर्को भनेको बैंकको योजना नै गज्जबको छ’ उनले भने, ‘भविष्यमा राम्रो कमाउने पक्का देखिए पछि बजारको मूल्य बढेको हो यसलाई अन्यथा लिनु भएन ।’

शाखा विस्तारमा निकै आक्रामक ढंगले प्रस्तुत भएका कारण निक्षेप संकलन तथा कर्जा लगानी पनि राम्रो भएको र यसले बैंकलाई सकरात्मक असर गरेको लगानीकर्ता घिमिरेको भनाइ छ ।

उनले एनआईसी एशियाको भविश्य राम्रो भएको भन्दै लगानीका लागि उपर्युक्तसमेत भएको दावी गरे । डिमाण्ड र सप्लाईका कारण सेयर मूल्य घटबढ हुने भन्दै उनले अन्यथा सोच्न नपर्ने बताए ।

लगानीकर्ता घिमिरेमात्रै होइन अन्य लगानीकर्ताहरु समेत बैंकको सेयर मूल्य बढ्नुको कारण अनर्थ लगाउन नहुने बताउँदै आएका छन् । यस बैंकको सेयर मूल्य बुधबार भने ५ रुपैयाँले घटेको छ । बुधबार ४ सय ८७ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?