+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

आँधीको डर : विद्यालय जानै छोडे बालबालिका

सुरेश बिडारी सुरेश बिडारी
२०७६ वैशाख ५ गते १४:५८

५ चैत, वीरगञ्ज । चैत १७ अघि बाराको फेटा गाउँपालिका-६ पुरैनियास्थित मदरसा हुसैनियामा १ सय आवासीय सहित ३५० विद्यार्थी अध्ययनरत थिए ।

हावाहुरी आएपछि मदरसामा विद्यार्थी संख्या एकदमै घटेका छन् । कतिपय अभिभावकले नै हावाहुरी आउने डरले बालबालिकालाई विद्यालय नपठाउने गरेका छन् ।

दिनहुँ आउने हावाहुरी कै डरले कतिपय बालबालिका मदरसा आउन मानिरहेका छैनन् । आवासीय बालबालिकाको संख्यामा पनि कमी आएको छ ।

पछिल्ला दिनमा मदरसामा १ सय जनाको हाराहारीमा मात्रै बालबालिका नियमित आइरहेका छन् । गाउँमा हावाहुरीले क्षति पुगेका कारण मदरसालाई आर्थिक सहयोग पनि आउन छोडेको छ । जसले गर्दा मदरसामा अध्यापन गराउने शिक्षकहरुको तलब समेत खुवाउन सकेको छैन् ।

मदरसाका प्रधानाध्यापक जफिर आलम हावाहुरी पछि मदरसामा अध्ययन गर्ने बालबालिकाको संख्यामा कमी आएको बताउँछन् । ‘पहिले मदरसा प्राङ्गणमा थुप्रै बालबालिका हुन्थे, हावाहुरी आएपछि कमै मात्र बालबालिका विद्यालय आउने गरेका छन् ।’ उनले भने, ‘हावाहुरीपछि डरले बालबालिका मदरसा आउन छोडेका छन्, अभिभावकले पनि पढ्न पठाउन मानिरहेका छैनन् ।’

पुरैनिया मुस्लिम बाहुल्य क्षेत्र हो । ११ जनाको ज्यान गएको यो गाउँका अधिकांश बालबालिका मदरसामा पढ्ने गरेका छन् ।

मदरसा हुसैनियामा सामुदायिकतर्फ ५ कक्षा र मदरसा तर्फ ७ कक्षासम्मको अध्ययापन हुन्छ । बिहान ६ बजेदेखि ११ बजेसम्म मदरसामा अहिले पनि पढाइ चलिरहेको छ । मुस्लिम धर्माबलम्बीको चाड परेको बेलामा मात्रै मदरसामा विदा दिने गरिएको छ ।

पुरैनियामा रहेको नेरा प्राविमा चैत १६ गतेसम्म वाषिर्क परीक्षा थियो । परीक्षा सकिएको भोलिपल्ट नै हावाहुरीले गाउँमा ठूलो धनजनको क्षति पुर्‍यायो ।

विद्यालयको छानो समेत हावाहुरीले उडाइदिएको छ । विद्यालय हुँदै हुरी पूर्वतर्फ लागेको थियो । प्रअ मनोज कुमार साह हावाहुरी प्रभावित क्षेत्रमा रहेका विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन अभियान शुरु गरिएको जानकारी दिए ।

‘पैसा हुनेका छोराछोरी त निजी विद्यालयमा पनि अध्ययन गरिहाल्छन् । सामुदायिक विद्यालय गरिबका लागि हो ,’ उनले भने, ‘हावाहुरीले बालबालिकाको मात्रै नभएर अभिभावकको समेत मनमा त्रास पैदा गरेको छ । हामीले घरदैलो अयिभान गरेर विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालय आउन प्रोत्साहन गरिरहेका छौं ।’

हावाहुरी प्रभावित क्षेत्रमा युनिसेफ नेपालले बालमैत्री स्थल निर्माण गरेर बालबालिकालाई खेलकुदलगायतका क्रियाकलापमा भुलाएर मनोरञ्जन गराउने कोशिस समेत गरेको देखिन्छ । तरपनि प्रभावित क्षेत्रमा बालबालिकालाई मात्रै लक्षित गरेर विरलै राहत आएको अभिभावकहरु बताउँछन् ।

 

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?