+
+
Shares

सर्वोच्चको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम सुनुवाइ समितिबाट अनुमोदन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ५ गते १७:२३

५ वैशाख, काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ५ जनाकै नाम अनुमोदन गरेको छ । बिहीबार सबै ५ जनाको सुनुवाईपछि समितिले सर्वसम्मत रुपमा नाम अनुमोदन गरेको हो ।

न्यायपरिषदले केही दिनअघि सर्वोच्चको न्यायाधीशमा कुमार रेग्मी, हरि फुयाँल, मनोजराज शर्मा, प्रकाश ढुंगाना र सुष्मलता माथेमालाई सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिमा न्यायाधीश सिफारिसबारे ५ वटा उजुरी परेको थियो । सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि अब उनीहरुको नियुक्ति राष्ट्रपतिबाट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?