Comments Add Comment

सुरु भयो राष्ट्रिय खेलकुदको कुम्भमेला

५ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुसमा सुरु भएको छ । २७ चैतदेखि नै केही खेल सुरु भएपनि औपचारिक उद्घाटन भने बिहीबार मात्रै भएको हो ।

नेपालगन्ज रंगशालामा बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गरिन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेलमा ५२११ खेलाडीले प्रतिस्पर्धा गरेका छन् । ३७२ स्वर्ण पदकका लागि खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

बिहीबारसम्ममा १४ खेल सकिसकेका छन् । नेपालगञ्ज रंगशालाको निर्माण समयमै नभएका कारण उद्घाटन ढिला भएको हो ।

राष्ट्रपति भण्डारीले खेलकुदले देशलाई एक बनाउने भएको भन्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलताको शुभकामना दिइन् । उद्घाटन कार्यक्रममा प्रदेश पाँचका मुख्यमन्त्री शंकर पौडेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका सदस्यसचिव लगायतको उपस्थिति थियो ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दिप प्रज्वलन ओलम्पियन खेलाडी सुरेन्द्र हमालले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment