
६ वैशाख, काठमाडौं । नताको जलविद्युत् कार्यक्रममा परेको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको सर्वसाधारणका लागि साधारण सेयर आज (शुक्रबार)बाट खुला भएको छ । यी दुबै आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीले बनाउन लागेको आकर्षक मध्येका हुन् ।
सान्जेन जलविद्युतमा माथिल्लो सान्जेन १४.८ मेगावाट र सान्जेन जलविद्युत् आयोजना ४२.५ मेगावाट रहेको छ । यो जलविद्युत् आयोजनाले न्युनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन माग गरेको छ । दरखास्तका साथ प्रति सेयर एक सय रुपैयाँका दरले पैसा बुझाउनुपर्ने छ ।
आयोजनाको साधारण सेयरका लागि ऊर्जामन्त्री वर्षमान पुनले समेत आवेदन दिएका छन् । रसुवागढी पनि एक सय रुपैयाँकै सेयरलाई न्युनतम १० देखि अधिकतम ५ हजार कित्तासम्मको निम्ति आवेदन मागेको छ । यो जलविद्युत् आयोजनको ६ अर्ब ८४ करोड पुँजीमध्ये १५ प्रतिशतको दरले १ करोड २ लाख ६३ हजार १५० कित्ताको सेयर निष्कासन गरेको हो ।
यसमध्ये ४ प्रतिशत कर्मचारीलाई र ५ प्रतिशत सामुहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता सेयरको आईपीओ निष्कासन गरेको हो । यो आयोजनाले १११ मेगावाटको जलविद्युत् आयोजना बनाइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4