Comments Add Comment

यस्तो छ ‘जात्रै जात्रा’को फस्टलुक

चलचित्र ‘जात्रै जात्रा’को फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्र रिलिज हुन करिब एक महिना बाँकी रहेको समयमा यसको फस्टलुक सार्वजनिक गरिएको हो । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । चलचित्रमा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ ।

चलचित्रको फस्टलुकमा विशेषगरि नायक दयाहाङ राई, विपिन कार्की, कलाकार रविन्द्र झा र रविन्द्र सिंह बानियाँले दुरबिनले केही हेरेको देखाइएको छ । साथमा नायिका बर्षा राउत, कलाकार राजाराम पौडेल लगायत छक्क परेको देखिन्छ ।

चलचित्रको फस्टलुक सार्वजनिक भएसँगै दर्शकमा अझै कौतुहलता बढेको छ । चलचित्रको ट्रेलर वैशाख १३ गते सार्वजनिक गर्ने तयारी यसको निर्माणपक्षको छ । यो चलचित्र जेठको ३ गतेबाट सार्वजनिक हुँदैछ । चलचित्र ‘जात्रा’ले बक्स अफिसमा हिटको व्यापार गरेको कारणले पनि यसको सिक्वेल प्रतिक्षामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment