
६ वैशाख, बुटवल । २२ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको राप्रपाले शुक्रबार सिद्धार्थ नगरपालिकाको मिलनचोकमा धर्म निरपेक्षता लेखेको ब्यानर जलाएको छ ।
त्यस क्रममा प्रहरी र राप्रपा कार्यकर्ताबीच झडपसमेत भएको थियो । प्रहरीबीच र आन्दोलनकारीबीच आधा घण्टा धकेलाधकेल भएको थियो । त्यस क्रममा राप्रपाका जिल्ला अध्यक्ष सागरप्रताप राणाको खुट्टामा चोट लागेको छ ।
आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको राप्रपाको आरोप छ । राप्रपाले आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार देशभरी धर्म निरपेक्षता लेखेको ब्यानर जलाएको प्रदेश ५ का अध्यक्ष प्रदीपकुमार उदयले जानकारी दिए ।
प्लेकार्ड र ब्यानर सहित निस्किएको बिरोधर्यालीले भैरहवा बजार परिक्रमा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4