
९ वैशाख, काठमाडौं । हिन्दू राष्ट्रसहित बिभिन्न २२ बुँदे मागहरु राखी सडक संघर्षमा उत्रिएको राप्रपा सरकारसँग वार्ता गर्न तयार भएको छ ।
कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले आइतबार वार्तामा आउन पत्र पठाएपछि राप्रपाले सरकारको पहलकदमी सकरात्मक भन्दै सोमबार वार्ता समिति गठन गरेको छ ।
पार्टीका बरिष्ठ नेता दीपक बोहराको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । समितिको सदस्यमा महामन्त्री राजेन्द्र लिङदेन र नेता निरंजन थापा रहेको छन् । वार्ता मंगलबार बस्ने छ ।
राप्रपाले गत फागुन ७ गते हिन्दू राष्ट्रको मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे माग बुझाएर आन्दोलनमा उत्रिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4