+

गौरिकालाई दोस्रो दिन पनि दुई स्वर्ण, एक कीर्तिमान

२०७६ वैशाख  ९ गते १८:५४ २०७६ वैशाख ९ गते १८:५४
गौरिकालाई दोस्रो दिन पनि दुई स्वर्ण, एक कीर्तिमान

९ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्वीमिङ खेलमा आर्मीकी गौरिका सिंहले एक राष्ट्रिय कीर्तिमानसहित दुई स्वर्ण पदक जितेकी छिन् ।

बाँकेको नेपालगञ्जमा सोमबार स्वीमिङको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । उनले ५९.६० सेकेन्डमा दूरी पूरा गरी राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । आर्मीकै सोफिया शाहले रजत र एपीएफ क्बलकी तिसा शाक्यले कास्य पदकमा चित्त बुझाए ।

त्यस्तै, गौरिकाले ४०० मिटर फ्रिस्टाइलमा पनि स्वर्ण पदक जितेकी हुन् । उनले चार मिनेट ४४.८१ सेकेन्डमा निर्धारित दूरी पूरा गरी स्वर्ण पदक जित्दा आर्मीकै दुएना लामाले रजत र एपीएफकी तिसा शाक्यले कास्य पदक हात पारे ।

पुरुषतर्फ ४०० मिटर फ्रिस्टाइलमा एनआरएनका नाथन दोर्जे शेर्पाले स्वर्ण, एपीएफ क्लबका नसिर हुसेनले रजत र एपीएफकै उग्रेन महर्जनले कास्य पदक हात पारे ।

त्यस्तै, पुरुषतर्फको ५० मिटर बटरफ्लाईमा नेपाल पुलिस क्लबका सायद हाम्जा शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले २७ सेकेन्डमा दूरी पूरा गरी राष्ट्रिय कीर्तिमान राखेर स्वर्ण पदक जितेका हुन् । त्यस्तै, आर्मीका अनुभव सुब्बाले रजत पदक जित्दा एपीएफका तेन्जिङ गुरुङले कास्य पदक जितेका छन् ।

त्यस्तै, यसै स्पर्धाको महिलातर्फका प्रतिस्पर्धामा आर्मीकी सोफया शाहले स्वर्ण पदक जितिन् । नेपाल पुलिस क्लबकी अनुसुया तण्डुकारले रजत र एपीएफकी श्रीबी महर्जनले कास्य पदक जितिन् ।

यता, पुरुषतर्फको २०० मिटर ब्याकस्ट्रोकमा एपीएफका सुभम श्रेष्ठले स्वर्ण पदक जित्दा पुलिसका दिपांकर अवालेले रजत र प्रदेश एकका विकास कुमालले कास्य पदक जिते । यही स्पर्धाको महिलातर्फ भने आर्मीकीकी दुएना लामाले स्वर्ण पदक जितिन् । त्यस्तै, आर्मीकै उपास्ती महर्जन दोस्रो हुदा पुलिसकी अदिप्सा वैद्य तेस्रो बनिन् ।

यता, पुरुषतर्फको १०० मिटर फ्रिस्टाइलमा आर्मीका एलेक्स शाहले स्वर्ण पदक जिते । त्यस्तै, पुलिसका सायद हाम्जा शाह दोस्रो हुदा आर्मीका अनुभव सुब्बा तेस्रो बने ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय