Comments Add Comment

प्रदेश पाँचलाई ट्राइब्रेकरमा हराउँदै आर्मी फाइनलमा

१० वैशाख, नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा आर्मीले आयोजक प्रदेश पाँचलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
नेपालगञ्ज रंगशालामा भएको खेलमा आर्मीले प्रदेश पाँचलाई पेनाल्टीमा ३—१ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।

निर्धारित ९० मिनेटसम्म दुबै टिमले २—२ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टीबाट छिनोफानो भएको हो ।

पेनाल्टीमा आर्मीका नवयुग श्रेष्ठ, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरे भने जितेन्द्र कार्की र दिपक गुरुङले पेनाल्टी मिस गरेका थिए । प्रदेश पाँचका कृष्ण रानाभाटले गोल गरे । त्यस्तै, दिपेनसिंह ठकुरी, चेतन थारु र विवेक पुनले गोल गर्न भने असफल भए ।

खेलमा आर्मीले दुबै गोल पहिलो हाफमा गरेको थियो । २० औं मिनेटमा प्रदेश पाँचका दिपेनको आत्मघाती गोलमा आर्मीले अग्रता लिएको थियो । ३२ औं मिनेटमा दिपकुमार लामाले गोल गर्दै आर्मीलाई पहिलो हाफसम्म २—० गोलको अग्रता दिलाए ।

तर ७५ औं मिनेटमा पेनाल्टीबाट विनोद केसीले गोल गर्दै प्रदेश पाँचलाई २—१ गोलको स्थितिमा ल्याए । ८० औं मिनेटमा विनोदले नै पेनाल्टीबाटै गोल गर्दै प्रदेश पाँचलाई २—२ गोलको स्थितिमा ल्याएका थिए ।

अब आर्मीले उपाधिका लागि एपीएफ र पुलिसबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल मंगलबार बेलुका हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment