+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

पाहुना आएकी बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

रासस रासस
२०७६ वैशाख ११ गते १६:४७

११ वैशाख, काभ्रेपलाञ्चोक । १५ वर्षे किशोरीलाई बलात्कार गरेको  रोपमा मण्डन देउपुर नगरपालिका-३ नयाँगाउँका एक युवक पक्राउ परेका छन् ।

आफन्तको छोरी घरमा आएको मौका पारी गत चैत २९ गते राति एक्लै सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गर्ने १९ वर्षीय राज बजगाईंलाई मङ्गलबार राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानुकारी दिए ।

बनेपा घर भएकी किशोरीको आफन्तको किटानी जाहेरीका आधारमा बजगाईंलाई पक्रिएको प्रनाउ गिरीले बताए । उनका अनुसार आज म्याद थप गरी बजगाईंलाई हिरासतमा राखी घटनाको अनुसन्धान भइरहेको छ ।

मुलुकी संहितामा आरोपितलाई जबर्जस्तीकरणी कसुरअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाए हुने प्रावधान छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?