+
+

परीक्षामै सहभागी नभएकालाई लाइसेन्स दिने यातायातका कर्मचारीबिरुद्ध भ्रष्टाचार मुद्धा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १२ गते १७:२६

१२ वैशाख, काठमाडौं । परीक्षामा सहभागी नै नभएका र अनुत्तिर्ण भएकाहरुलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने यातायात व्यवस्था कार्यालयका कर्मचारी र एकजना ट्राफिक प्रहरीविरुद्ध अख्तियारले मुद्धा दायर गरेको छ ।

यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले २०७२ असार १६ देखि २६ गतेसम्म सञ्चालन गरेको परीक्षामा एकजनाबाट ५ देखि १५ हजार रकम लिएर लाइसेन्स दिएको आरोपमा तत्कालीन निमित्त प्रमुख सिताराम खनालसहित तीनजना बिरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दर्ता गरेको हो ।

परीक्षा समितिकाअध्यक्षसमेत रहेका खनाल, सदस्य मेकानिकल इन्जिनियर योगेन्द्रप्रसाद गुप्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक बाबुकाजी गिरीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।

त्यसेबला उनीहरुले परीक्षामा सहभागी नै नभएका ८ जनालाई लाइसेन्स दिएको अख्तियारको दावी छ । लिखित परीक्षामा ३ हजार २११ जना सहभागी भएकोमा प्रयोगात्मकमा ३ हजार २६५ जना सहभागी भएपछि घटना बाहिर आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?