Comments Add Comment

झाडापखाला प्रभावित क्षेत्रमा पुग्यो डाक्टरको टोली

१४ वैशाख, गुल्मी । झाडापखलाबाट सिङ्गो गाउँ नैै प्रभावित भएपछि काठमाडौंबाट विशेषज्ञ टोली अध्ययनका लागि आएको छ । जिल्लाको मुसिकेाट नगरपालिका-४ दजाकोटमा सिङ्गोगाउँ नै झाडा पखलाको महामारी फैलिएको छ ।

सोमबारबाट फैलिएको झाडापखलाबारे अध्ययन गर्न विश्व स्वस्थ्य संगठनको समन्वयमा इपिडियोनोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट टोली गुल्मी आएको छ । डक्टरसहित आएको टोली शनिबार साझसम्म प्रभावित क्षेत्रमा पुग्नेछ ।
आइतबार पानीको मुहानमा पुगेर परिक्षणका लागि लैजाने गुल्मी अस्पताल प्रमुख उत्तम पच्याले बताए ।

गुल्मी अस्पतालमा उपचारत ५ जनाको दिशा परीक्षणमा हैजाको किटाणु नदेखिएको र दुषित पानीमा परजिबी फैलिएकाले झाडापखला लागेको हुनसक्ने डक्टर पच्चाले बताए । झाडापखाला लागेर अस्पताल आउका विरामीहरु उपचारपछि फर्किएका छन्

तर, फेरि उहि समस्या दोहोरिएर आउने गरेका छन् ।

शनिबारसम्म विरामीको संख्या १ सय ५७ जना पुगेका छन् । उनीहरु मध्ये ४ जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ भने एक जनालाई चितवन लगिएको छ । अन्य केहीको अस्थायी स्वास्थ्य शिविरमा उपचार भइरहेको छ ।

०७३ सालमा आगोलागी भएपछि अरु नै प्रयोजनका लागि ल्याइएको पानी स्थानीयबासीले हालै मात्र खानेपानीको लागि प्रयोग गरेको स्थानिय हरि छन्तेलले बताए । ८५ घरपरिवारलाई वितरण गरिँदै आएको पानी दुषित भएका कारण झाडापखालाको लक्षण देखिएको थियो ।

जिल्ला स्वस्थ्य कार्यालय गुल्मीबाट औषधी डक्टर सहितको टोली पुगेर विरामीहरुको उपचार गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment