Comments Add Comment

हैदरावादमाथि राजस्थानको सहज जित, प्लेअफमा पुग्ने सम्भावना कायमै

Photo Credit : आईपीएल

१५ वैशाख, काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई कायमै राखेको छ । शनिबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै राजस्थानले प्लेअफमा पुग्ने सम्भावनालाई कायमै राखेको हो ।

१६१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभर सकिन पाँच बल बाँकी छँदा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

राजस्थानका लागि सन्जु सामसनले अविजित ४८, लियाम लैभिङस्टोनले ४४ रन बनाउँदा अजिंक्या रहानेले ३९ र कप्तान स्टेभन स्मिथले २२ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनाएको थियो । हैदरावादका लागि मनिस पाण्डेले उत्कृष्ट ब्याटिङ गरे । उनले ३६ बलमा ६१ रन बनाएका थिए । त्यस्तै, डेभिड वार्नरले ३७ रन बनाउँदा राशिद खानभने १७ रनमा अविजित रहे ।

जितसँगै राजस्थानको १० अंक भएको छ । १२ खेल खेलेको राजस्थानले ५ खेलमा जित हात पार्दा सात खेलमा हार ब्यहोरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment