१५ वैशाख, काठमाडौं । नेपालले एसीसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
थाइल्यान्डको चियाङमाइमा नेपालले मलेसियासँग उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार विहान ९ बजेर १९ मिनेटमा सुरु हुनेछ ।
मलेसियालाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपाल यो पटक पनि उपाधि आफ्नै कब्जामा राख्ने लक्ष्यमा छ । यता, मलेसिया पनि नेपाललाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा छ ।
त्यसो त, नेपाल समूह चरणको जितलाई निरन्तरता दिने लक्ष्यमा छ भने मलेसिया समूह चरणको हारको बदला लिने दाउमा छ । नेपालले मलेसियालाई समूह चरणमा ३९ रनले पराजित गरेको थियो । हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । यता, मलेसियाले सिंगापुरलाई ५७ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
प्रतिक्रिया 4