Comments Add Comment

एनआईसी एशिया बैंकको एकैपटक ८ ठाउँमा शाखा उद्घाटन

१५ वैशाख, काठमाडौं । ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र तीन, काभ्रेमा एक, पोखरामा एक, नुवाकोटमा दुई र पर्सा जिल्लामा १ गरि ८ नयाँ शाखा कार्यालयहरुको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा महामनगरपालिका – १०, अमरसिंह चोकस्थित अमरसिंह चोक शाखाको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा.डिल्ली राम पोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माबाट औपचारिक उद्घाटन भएको थियो ।

यस्तै नार्गजुन नगरपालिका – सितापाईलास्थित सितापाईला शाखा कार्यालयको नार्गजुन नगरपालिकाका मेयर मोहन बस्नेतले उद्घाटन गरेका थिए । काठमाडौं महानगरपालिका – ३१, शंखमुलस्थित शंखमुल शाखाको सोहि वडाका वडाअध्यक्ष नारायण प्रसाद भण्डारी र ललितपुर उपमहानगरपालिका – १८ भैंसेपाटीस्थित भैसेपाटी शाखाको सोहि वडाका वडाअध्यक्ष पुरुषोतम खड्काले औपचारिक रुपमा शाखाको उद्घाटन गरेका थिए ।

त्यस्तै नुवाकोट जिल्लाको बिदुर नगरपालिका – १, त्रिशुली बजारस्थित त्रिशुली बजार शाखाको मेयर सन्जु पण्डित र बिदुर नगरपालिका – १०, बेत्रावती बजारस्थित बेत्रावती बजार शाखाको सोहि वडाका वडाअध्यक्ष गणेश कुमार नेपालले उद्घाटन गरेका थिए ।

यता काभ्रेको धुलिखेल नगरपालिका – ४, धुलिखेल शाखा कार्यालयको धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुले उद्घाटन गरेका थिए भने पर्सा जिल्लाको छिपरमाई गाउँपालिका – ५ भिस्वा शाखाको छिपरमाई गाउँपालिका अध्यक्ष मनोज कुमारले उद्घाटन गरेका थिए ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment