Comments Add Comment

नेप्से परिसूचक २२ अंकले बढ्दा १६७ करोडको सेयर कारोबार

१५ वैशाख, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा २२ अंक बढीको बढोत्तरी भएको छ । नेप्से परिसूचक आइतबार २२.३९ अंकले बढेर १ हजार ३ सय १४ दशमलव ५१ अंकमा पुगेको हो ।

आइतबार नेप्सेमा कारोबार हुने अधिकांश समूह उकालो लाग्दा बैंकिङ र फाइनान्सका लगानीकर्ताहरुले भने लगानी गुमाएका छन् । यि दुबै समूह क्रमशः ९.०२ अंकले र ०.६८ अंकले ओरालो लागेका छन् ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार देखिएको छ । दिनभर भएका १६ हजार ७५ कारोबारबाट ४९ लाख २१ हजार ८४ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम १ अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८ सय २० रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड पहिलो स्थानमा देखिएको छ ।
नेपाल बैंकको २३ करोड १९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment