
१५ वैशाख, बेइजिङ । दोस्रो बीआरआई फोरमले विभिन्न तीनवटा शीर्षकमा ६४ वटा परियोजना र कार्यक्रमहरुलाई अनुसूचिमा समेटेको छ । यो अनुसूचीमा नेपाल–चीनवीचको रेल्वे केनेक्टिभित्र तथा ट्रान्स हिमालयन कनेक्टिभिटीलाई पनि समेटिएको छ ।
शनिबार सम्पन्न भएको दुई दिने बीआरआई फोरमले के–के परियोजनालाई अनुसूचीकृत गर्यो त ? हेर्नुहोस् अनुसूची
कनेक्टिभिटीद्वारा सघाइएका र प्रेरित गरिएका आर्थिक कोरिडोर अन्य परियोजनाहरु
१) अदिस अबाबा–जिबौटी आर्थिक कोरिडर, जसमा आर्थिक कोरिडोरभित्रका औद्योगिक पार्कहरुको विकास पनि संलग्न छ ।
२) आगुआ नेग्रा पास अन्तर्राष्ट्रिय टनेल ।
३) बाकु–बिलिसी–कार्स नयाँ रेल्वे लाइन र बाकुमा अल्यात स्वतन्त्र आर्थिक क्षेत्र ।
४. ब्रुनाइ–गुआङ्सी आर्थिक कोरिडोर ।
५. चीन–मध्यएसिया–पश्चिम एसिया आर्थिक कोरिडोर ।
६. चीन–यूरोप भूमि तथा जल एक्सप्रेस लाइन ।
७. चीन–इन्डोचाइना पेनिन्सुला आर्थिक कोरिडोर, लाओस–चीन आर्थिक कोरिडोरसमेत ।
८. चीन–किर्गिस्तान–उज्बेकिस्तान अन्तर्राष्ट्रिय राजमार्ग ।
९. चीन–लाओस–थाइल्यान्ड रेल्वे कोअपरेसन ।
१०. चीन–मलेसिया क्वीन्झोउ इन्डष्ट्रियल पार्क ।
११. चीन–मंगोलिया–रुस आर्थिक कोरिडोर ।
१२. चीन–म्यानमार आर्थिक कोरिडोर ।
१३. चीन–पाकिस्तान आर्थिक कोरिडोर ।
१४. थाइल्यान्डमा पूर्वी आर्थिक कोरिडोर ।
१५. ग्रेटर मेकोङ सब्रेजियनमा आर्थिक कोरिडोर ।
१६. इयू–ट्रान्स यूरोपियन यातायात सञ्जाल ।
१७. यूरोप–काउकासस–एसिया अन्तर्राष्ट्रिय यातायात कोरिडोर र ट्रान्सकास्पियन अन्तर्राष्ट्रिय यातायात मार्ग ।
१८. औद्योगिक पार्क ‘ग्रेट स्टोन’ ।
१९. अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात कोरिडोर ।
२०. लेक भिक्टोरिया–मेडिटेरिनियन सि नेभिगेसन लाइन–लिंकेज प्रोजेक्ट ।
२१. लामु बन्दरगाह–दक्षिण सुडान–इथियोपिया यातायात कोरिडोर ।
२२. मलेसिया–चीन कुआन्तान औद्योगिक पार्क ।
२३. नेपाल–चीन ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क, नेपाल–चीन सिमा वारपार रेल्वेसहित ।
२४. नयाँ यूरेसियन स्थल पुल ।
२५. चीन–सिंगापुर (चोङक्वीङ) नयाँ अन्तर्राष्ट्रिय स्थल–जल व्यापार कोरिडोर ।
२६. अफ्रिका र ट्रान्स अफ्रिका राजमार्गको ग्रेट लेक्स क्षेत्रका राष्ट्रहरुको मोम्बासा मरिटाइम बन्दरगाहलाई जोड्न अफ्रिकामा उत्तरी कोरिडोर व्यापार मार्ग ।
२७. उत्तर–दक्षिण प्यासेज कायरो–केपटाउन पास वे ।
२८. पिराइयस बन्दरगाह ।
२९. सुडान–इथियोपिया रेल्वे कनेक्टिभिटी ।
३०. इन्डोनेसियामा क्षेत्रीय वृहत आर्थिक कोरिडोर ।
३१. सुयज क्यानल आर्थिक क्षेत्र ।
३२. उत्तरी समुद्री मार्गको क्षमता उपयोग गर्दै कार्गोको अन्तरमहादेशीय ढुवानी ।
३३. ट्रान्ससोसेनिक फाइबर अप्टिक केवल ।
३४. ‘टु कोरिडोर्स एन्ड वान बेल्ट’ संरचना ।
३५. उज्बेकिस्तान–ताजिकिस्तान–चीन अन्तर्राष्ट्रिय राजमार्ग ।
ख) क्षेत्रीय बहुपक्षीय समन्वयका पहल र प्लेटफर्महरुः
१. बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसनको सल्लाहकार परिषद ।
२. बेल्ट एन्ड रोड क्षेत्रमा अन्तर्राष्ट्रिय विज्ञान संगठनहरुको गठवन्धन ।
३. क्लिन सिल्क रोडको बेइजिङ पहल ।
४. बेल्ट एन्ड रोड उर्जा साझेदारी ।
५. बेल्ट एन्ड रोड कर प्रशासन समन्वय संयन्त्रको पहल ।
६. बेल्ट एन्ड रोड समाचार सञ्जाल ।
७. बेल्ट एन्ड रोड अध्ययन सञ्जाल ।
८. डिजिटल सिल्क रोड पहल ।
९. बेल्ट एन्ड रोडको विकासमा लगानीका लागि मार्गदर्शक सिद्धान्त ।
१०. बेल्ट एन्ड रोडमा हरित विकासका लागि अन्तर्राष्ट्रिय साझेदारी ।
११. बेल्ट एन्ड रोडभरिका राष्ट्रहरुबीच बौद्धिक सम्पत्तिको क्षेत्रमा समन्वयमाथि संयुक्त वक्तव्य ।
१२. युरोपमा चाइना रेल्वे एक्सप्रेसमा संयुक्त कार्यसमूह ।
१३. मरिटाइम सिल्क रोड पोर्ट कोअपरेसनमा निङ्बो पहल ।
ग) अन्य सम्वन्धित प्रयासहरु
१. अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार सम्झौता ।
२. ग्रीसद्वारा सुरु गरिएको प्राचीन सभ्यता फोरम ।
३. चिलीमा सन् २०१९ मा भएको
४. बेलारुसमा अन्तराष्ट्रिय समन्वयका लागि बेल्ट एन्ड रोड फोरम ।
५. मंगोलिया र इच्छुक राष्ट्रहरुद्वारा स्थापित बिमानस्थल तथा बन्दरगाहमा छिटोछरितो प्रवेश र निष्कासनका लागि बेल्ट एन्ड रोड लेन ।
६. सन् २०१८ मा काजकस्तानमा भएको सिल्क रोड राष्ट्रहरुको मेयरहरुको पहिलो फोरम ।
७. काजाकस्तानले सुरु गरेको विश्वव्यापी सिल्क रोड अवार्ड ।
८. बेल्ट एन्ड रोड कोअपरेसनको प्रवद्र्धन गर्न युवा बुद्धिजिवी तथा कुटनीतिज्ञहरुलाई प्रोत्साहन गर्ने अवार्डको स्थापनाका लागि मंगोलियाको पहल ।
९. पान–अरब स्वतन्त्र व्यापार सम्झौता ।
१०. चिलीमा सन् २०१९ मा युएनएफसीसीको २५ औं सत्रले सान्टियागो जलवायु परिवर्तन सम्मेलन ।
११. केन्यामा २०१८ मा दिगो अर्थतन्त्र सम्मेलन ।
१२. इन्टरनेसनल सेटलमेन्ट एग्रिमेन्टमा संयुक्त राष्ट्रसंघीय सम्मेलन ।
१३. सन् २०१८ मा ग्रीसमा सिल्क रोड पर्यटनमा युएनडब्लुटिओ अन्तर्राष्ट्रिय बैठक
१४. बाकु प्रक्रियाको संरचनाभित्र अन्तर–सांस्कृतिक संवादमाथि विश्व फोरम
१५. सन् २०१८ मा इजिप्टमा विश्व युवा फोरम ।
यो पनि पढ्नुहोस् : बीआरआईको ३८ बुँदे घोषणामा के छ ? (पूर्ण विवरण)
यो पनि पढ्नुहोस् : बीआरआई फोरममा कुन–कुन देश सहभागी भए ?
प्रतिक्रिया 4