Comments Add Comment

पक्राउ परे फिल्म निर्देशक रामगोपाल बर्मा

१५ वैशाख, काठमाडौं । भारतीय फिल्म निर्देशक रामगोपाल बर्मा फेरि नयाँ विवादमा मुछिएका छन् । फिल्म ‘लक्ष्मीज एनटीआर’बारे पत्रकार सम्मेलन गर्न लागेका कारण आन्ध्र प्रदेशको विजयवाडा पुलिसले रामगोपाल र फिल्मका प्रोड्युसरलाई नियन्त्रणमा लिएको हो ।

रामगोपालको दाबी छ कि उनको पत्रकार सम्मेलन विजयवाडाको इलापुरम होटलमा हुनु तय भएको थियो । त्यसमा अवरोध भएपटि पाइलपुला रोडको एनटीआर सर्किलमा पत्रकारहरुलाई भेट्ने तय गरे । त्यहाँ पुग्दा उनीसँगै प्रोड्युसर रोकेश रेड्डीलाई प्रहरीले हिरासतमा लिएको छ र एयरपोर्टको लाउन्जमा सिफ्ट गरेको छ ।

कानुनी व्यवस्था कायम राख्न र आर्दश आचार संहिताका कारण रामगोपाललाई पक्राउ गर्नु परेको विजयवाडा प्रहरीले बताएको छ ।

‘लक्ष्मीज एनटीआर’ पछिल्लो दुई महिनादेखि विवादमा छ । मुद्दा अदालतसम्म पुगेको छ । आन्ध्र प्रदेश हाई कोर्टले प्रदशेमा चलचित्र प्रदर्शनमा रोक लगाएको छ तर, तेलंगाना लगायतका अन्य स्थानमा प्रदर्शन भएको छ ।

अब आन्ध्र प्रदेशमा फिल्म प्रदर्शन गर्न रामगोपालले पत्रकारहरुसँग कुरा गर्न चाहेका थिए । यो फिल्म मे एकमा आन्ध्र प्रदेशमा रिलिज हुने बर्माको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment