Comments Add Comment

मुन्दुम ट्रेल पदमार्ग प्रवर्द्धनका लागि भोजपुरमा ट्रेल रेस

१६ वैशाख, भोजपुर । मुन्दुम ट्रेल पदमार्ग प्रवर्द्धनका लागि भोजपुरमा दौड प्रतियोगिता आयोजना गरिएको छ । रिमाचुङ्ग एजुकेशन एण्ड स्पोर्टस एकेडेमी भोजपुरले प्रतियोगिता आयोजना गरेको हो ।

ट्रेल रेस प्रतियोगितामा भोजपुर, खोटाङ्ग, संखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, प्यूठानलगायतका विभिन्न जिल्लाका १७ महिलासहित ८४ जना प्रतिष्पर्धामा उत्रिएका थिए ।

पुरुषतर्फको रेसको उपाधि भोजपुरका २१ वर्षीय सविन तामाङले जितेका छन् । भोजपुर नगरपालिका–३, बोखिमका २१ वर्षीय सविनले टेम्केमैयुङ क्षेत्रको ३८ किलोमिटर रेस ४ घण्टा ३ मिनेट ११ सेकेण्डमा पार गर्दै आफूलाई अब्बल सावित गरेका हुन् ।

प्रतियोगितामा प्यूठानका ४१ वर्र्षीय रनर दामोदर बुढाथोकी दोस्रो र खोटाङका दिव्यराज बस्नेत तेस्रो भए ।

महिला प्रतिष्पर्धामा ओखलढुंगाकी २१ वर्षीया छोकी शेर्पा प्रथम भएकी छन् । भोजपुरकी १७ वर्षीया प्रनिषा तामाङ दोस्रो र प्रतीक्षा श्रेष्ठ तेस्रो भए ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगद, ट्रफी, मेडलसहित पुरस्कृत गरिएको छ ।

अल्ट्रा ट्रेलको क्षेत्रमा मिरा राईले भोजपुरलाई विश्वमा चिनाएकाले अन्य खेलाडीहरु उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको एकेडेमीका अध्यक्ष पावीहाङ्ग राईले बताए । एकेडेमीले भोजपुरमा यसअघि नै ३ वटा प्रतियोगितासमेत गराइसकेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक टेम्केमैयुङ गाउँपालिकाका प्रमुख ध्रुवराज राईले टेम्केमैयुङ क्षेत्रमा आयोजना गरिएको यस ट्रेलरेसले पर्यटकीय गन्तव्य मुन्दुम पदमार्गको प्रचारप्रसार र प्रवद्र्धनमा एउटा इँट्टा थपेको बताए ।

प्रतिष्पर्धीहरुले प्रतियोगितामा सहभागी हुँदा पूर्वी पहाडको भौगोलिक तथा प्राकृतिक सौन्दर्यता नौलो अनुभूति गर्न पाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment