Comments Add Comment

जापानका राजा अकिहितोले गद्दी त्यागे

१७ वैशाख, काठमाडौं । जापानका राजा अकिहितोले राजगद्दी त्यागेको घोषणा गरेका छन् । जापानको राजदरबारमा आयोजित विशेष समारोहमा उनले जनताका नाममा संबोधन गर्दै आफ्नो राजकीय शक्ति सांकेतिक रुपमा जनतामा हस्तान्तरण गरेका छन् ।

राजा अकिहितो ३० वर्ष शासनपति स्वेच्छिक रुपमा गद्दी त्याग गरेका हुन् ।

८५ वर्षका राजाले बुढेशकाल र कमजोर स्वास्थ्यका कारण आफ्नो भूमिका निर्वाह गर्न कठिन भएको बताएपछि राजगद्दी छाड्न अनुमति पाएका हुन् । दुई सय वर्षको इतिहासमा उनी राजगद्दी छाड्ने पहिलो राजा हुन् । राजकुमार नारुहितोले बुधबार राज्याभिषेक गर्नेछन् ।

जापानका राजा सांकेतिक भनिए पनि देशको राजकीय शक्ति उनीहरुको हातमा नै हुन्छ । राजा अकिहितो रोग तथा प्रकोपपीडित जनतासँग प्रत्यक्ष संवाद गर्ने बानीका कारण जापानमा शक्ति आर्जन गरेका थिए ।

गद्दीत्याग मूल समारोहको कार्यक्रम राजदरबारमा करिब तीन सय जनाको उपस्थितिमा भएको थियो । समारोहमा जापानी प्रधानमन्त्री सिञ्जो अबे, राजकुमार नारुहितो र युवराज्ञी मसाको पनि सहभागी थिए ।

कार्यक्रममा प्रधानमन्त्री अबेले पनि छोटो संबोधन गरेका थिए । राजा अकिहितो पनि आज पश्चिमा शैलीको मर्निङ कोट लगाएर आएका थिए । उनले संबोधनका क्रममा भने ‘जापान र विश्वभर शान्ति र समृद्धिको कामना गर्नछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment