
१९ वैशाख, काठमाडौं । सभामुख कृष्णबहादुर महराले आर्थिक वर्ष २०७६/७७ काे बजेटमा समावेश गर्न आफ्नो निर्वाचन क्षेत्र दाङका २ सय भन्दा बढी योजनाको सूची विभिन्न मन्त्रालयमा पठाएका छन् । सभामुख महराले आफ्नै लेटरप्याडमा हस्ताक्षर गरेर २ सयभन्दा बढी आयोजनाको प्रस्ताव पठाएका हुन् ।
उनले सडकतर्फ २७, पक्की पुल ९ र झोलुङ्गे पुल २ वटा गरी भौतिक पूर्वाधार तथा यातायात मनत्रालयसँग सम्बन्धित ३८ वटा आयोजना, सिचाईं २७, तटबन्ध १३, विद्युत् १० र डिप बोरिङ १२ गरी उर्जा, जलस्रोत तथा सिञ्चाईं मन्त्रालयसँग सम्बन्धित ६२ योजना दिएका छन् ।
यसैगरी सहरी विकास मन्त्रालयसँग सम्बन्धित २० वटा, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनसँग सम्बन्धित १८, खानेपानी १७, शिक्षा, विज्ञान तथा प्रविधि १३, खेलकुद ४, कृषि ७, स्वास्थ्य ७, उद्योग २, महिला–बालबालिका तथा ज्येष्ठ नागरिक ८, सञ्चार तथा सूचना प्रविधि ५ र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित २ योजना महराले बुझाएका छन् ।
हेर्नुस् सभामुखको बुझाएको योजनाको सूची
यो पनि पढ्नुहोस् : आफ्नो क्षेत्रमा बजेट पार्न प्रधानमन्त्रीले थमाए ६८ योजना
प्रतिक्रिया 4