+
+
Shares

ट्रम्प र ओली दुबैबाट प्रेसमाथि खतरा छ : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते १३:५४

२० वैशाख, काभ्रे । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रेस स्वतन्त्रतामाथि विश्व भर खतरा रहेको बताएका छन् ।

प्रेस युनियन काभ्रेको छैठौं अधिवेशनमा नेता कोइरालले प्रेसमाथि अधिनायकवादको खतरा बढ्दै गएको बताए । सबैभन्दा पहिलो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दोस्रो नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रेसमाथि खतरा रहेको भन्दै उनले भने, ‘मिडियामा आफूविरुद्ध वा आफूलाई मन नपर्ने समाचार आएपछि उहाँहरुले म मात्रै सत्य भनेर क्रुर बन्ने गर्नु भएको छ ।’

उनले अगडि भने, ‘हामी कति निरिह भएछौं भने अदालतले छाडेको पत्रकारलाई त्यही अदालत परिसरमा पक्राउ गर्न प्रहरी जान्छ । तर, हाम्रा पत्रकार मौन बस्छौँ अनि प्रेस स्वतन्त्रता खोज्छौं ?’

नेपालमा अहिले राजा महेन्द्रको भन्दा पनि क्रुर शासन चल्न थालेको भन्दै पत्रकारलाई किन डराएको भन्ने प्रश्न गरे ।

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले राज्य गैरजिम्मेवार बन्दा पत्रकारहरुलाई दुख दिने काम मात्र भइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?