Comments Add Comment

राजस्थान आउट, दिल्लीको शीर्ष दुईमा पर्ने सम्भावना कायमै

काठमाडौं । दिल्ली क्यापिटलले जितका साथ आईपीएलको समूह चरण सकाउँदा राजस्थान रोयल्सलाई घर पठाएको छ । उसको भने शीर्ष दुईको स्म्भावना कायमै छ ।

शनिबार भएको खेलमा दिल्लीले राजस्थानलाई ५ विकेटले हरायो । मात्र ११६ रनको लक्ष्य पछ्याएको दिल्लीका ओपनर शिखर धवन १६ र पृथ्वी शा मात्र ८ रनमा आउट भए । कप्तान श्रीयस ऐर पनि १५ रनमै आउट भए ।

तर, रिसश पन्तले आक्रमक पारी खेले । ३८ बलमा ५३ रन बनाएका उनी नटआउट रहे । १७ औं ओभरको पहिलो बलमा उनले छक्का हान्दै दिल्लीलाई जित दिलाए ।

यसअघि राजस्थानको खराब सुरुवात थियो । ३० रन जोड्दा चार विकेट गुमाएको उसका रियान पारागले एउटा एण्ड सम्हाले तर, अरु टिक्न सकेनन् ।

अन्तिम बलमा नवौं विकेटका रुपमा आउट भएका पारागले ५० रन बनाए । लिमा लिविनस्टोनले १४ र एस गोपालले १२ रन बनाउँदा अन्य ब्याट्सयानले दोहोरो अंक समेत जोड्न सकेन र २० ओभरमा ११५ रन बनायो ।

उसलाई सस्तैमा समेट्ने क्रममा दिल्लीका इशान्त शर्मा र अमित मिश्राले ३-३ विकेट लिए । मिश्राको हृयाटि्रक सम्भव थियो तर ट्रेन्ट बोल्टले क्याच ड्रप गरे ।

जितपछि दिल्ली १८ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको चेन्नईको पनि १८ अंक नै छ तर, उसले एक खेल खेल्न बाँकी छ । यस्तै तेस्रो स्थानमा रहेको मुम्बईको १६ अंक छ र उसले पनि एक खेल खेल्न बाँकी छ ।

दिल्ली शीर्ष दुईमा परेर पहिलो क्वालिफायरमा पुग्छ कि पुग्दैन भन्ने टुंग्गो लाग्न दुबैको खेल हुनुपर्छ । चेन्नईले किङ्ग्स इलाभेन पञ्जाब र मुम्बईले कोलकत्ता नाइट राइडर्ससँग भोलि खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment