Comments Add Comment

२ हप्ता बन्देज लाग्दा टिकटकले गुमायो डेढ करोड प्रयोगकर्ता

लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि हालै भारतले २ हप्तासम्म प्रतिबन्ध लगायो । त्यसरी २ हप्तासम्म बन्देज लाग्दा टिकटकले भारतमा झण्डै डेढ करोड नयाँ प्रयोगकर्ता थप्ने मौका गुमाएको छ ।

Sensor Tower नामक एनालिटिक्स फर्मको एक नयाँ रिपोर्टले उपर्युक्त तथ्यको खुलासा गरेको हो । टिकटक चिनिया कम्पनी Bytedance को स्वामित्वमा रहेको छ ।

उक्त रिपोर्ट अनुसार यदि भारतमा टिकटकमाथि प्रतिबन्ध नलागेको भए गत अप्रिल महिना टिकटकका लागि भारतमा अहिलेसम्मकै उत्कृष्ट महिनाको रुपमा दर्ज हुन्थ्यो । भारतमा करीब ६० करोड इण्टरनेट प्रयोगकर्ता रहेका छन् भने टिकटक प्रयोगकर्ताको संख्या १२ करोड रहेको छ । भारतमा दुईहप्ते प्रतिबन्ध सँगै अप्रिल महिनाको टिकटकको समग्र विश्वव्यापी डाउनलोड दरमै ३३ प्रतिशतले गिरावट देखिएको छ । तर प्रतिबन्ध फुकुवापछि भने भारतमा यो एपका नयाँ डाउनलोडकर्ताको संख्या तीव्र रुपमा बढेको अपेक्षा गरिएको छ ।

सेन्सर टावर रिपोर्ट अनुसार, टिकट पहिले नै एप स्टोरमा टपटेन एपको रुपमा परिसकेको छ । एप्पलको एपस्टोरमा सबैभन्दा धेरै डाउनलोड गरिएका एपमा टिकटक छैटौँ स्थानमा रहेको छ । फोटो तथा भिडियो एपको विधामा यो नै पहिलो नम्बरमा पर्दछ । त्यस्तै गुगल प्ले स्टोरमा पनि टिकटक तिव्र गतिमा अगाडि आइरहेको छ ।

भारतमा डाउनलोडमाथिको प्रतिबन्धका कारण आफुलाई दैीनक ५ लाख डलरको नोक्सानी भएको र अढाई सय भन्दा धेरै कर्मचारीहरुको जागिर पनि संकटमा परेको टिकटकले जनाएको थियो । साथै टिकटकले आफ्नो प्लेटफर्ममा रहेका ६ लाख भन्दा धेरै आपत्तिजनक तथा संदिग्ध भिडियोहरु हटाएको पनि दाबी गरेको छ ।

स्मरण रहोस् बालबालिकाहरुलाई अश्लील सामाग्रीहरुमा फसाएको भन्दै भारतीय अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश दिएसँगै भारतमा गत महिना टिकटक डाउनलोड गर्न प्रतिबन्ध लगाइएको थियो । तर उक्त आदेशका सम्बन्धमा टिकटकले पुनरावेदन गर्दै आफूले लाखौँ आपत्तिजनक सामाग्रीहरु हटाएको दाबी गरेसँगै भारतले टिकटमाथिको प्रतिबन्ध हटाएको थियो ।

विश्वमा अन्य दिग्गज प्रविधि कम्पनीहरुले भारतीय बजारमा सफलता प्राप्त गर्न निकै संघर्ष गर्नु परिरहेको बेला टिकटकले भने भारतमा ठूलो सफलता प्राप्त गरिरहेको छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment