Comments Add Comment

बार्सिलोनाविरुद्ध सलाह खेल्ने आश, फिर्मिनो आउट

काठमाडौं । पहिलो लेगमा ३–० को हार व्यहोरेको लिभरपुलले कमब्याकको आशसहित बुधबार घरेलु मैदान एन्फिल्डमा बार्सिलोनासँग खेल्दैछ ।

तर, इंग्लिस क्लबलाई मुख्य खेलाडीहरुको चेटले सताउने देखिएको छ । उसका स्ट्राइकर मोहम्मद सलाह न्यूक्यासलविरुद्ध खेल्दा घाइते भएका छन् । स्ट्रेचरमा राखेर मैदान बाहिर ल्याइएका उनी बुधबारसम्म फिट हुने आश छ ।

विपक्षी किपरसँग ठोक्किएर घाइते भएका उनले प्लेयर बक्समा बसेर बाँकी खेल हेरेको प्रशिक्षक जोर्गेन क्लोपले बताए । सलाहलाई डाक्टरको निर्णयअनुसार मैदान बाहिर ल्याइएको भन्दै उनले भने, ‘उनी ठीक देखिएका छन् तर, हामीले अझै पर्खनुपर्छ ।’

लिभरपुलका अर्का फवार्ड रोबर्टो फिर्मिनोले भने बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् ।

शनिबार लिभरपुलले न्यूक्यासलमाथि ३–२ को संघर्षपूर्ण जित हात पार्दा पनि उनी टिममा थिएनन् । तिघ्राको मांशापेशीमा लागेको चोटका कारण उनी बार्सिलोनाविरुद्ध दोस्रो खेलमा पनि नखेल्ने प्रशिक्षक क्लोपले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment