
२३ वैशाख, काठमाडौं । अवैध ३० तोला सुनसहित नेपाल एयरलाइन्सका एकजना कर्मचारी पक्राउ परेका छन् ।
महानगरी प्रहरी परिसर, काठमाडौंले सोमबार पत्रकार सम्मेलन गरी अवैध ३० तोला सुनसहित त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सका मेन्टिनेन्स हृयांगरमा कार्यरत कर्मचारी रञ्जितकुमार यादवलाई नियन्त्रणमा लिइएको जानकारी गराएको हो ।
उनलाई आइतबार दोहाबाट आएको नेपाल एयरलाइन्सको फ्लाइटका यात्रु सिरहाका धर्मेन्द्रकुमार यादवले ल्याएको सो अवैध सुनसहित पक्राउ गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए ।
उनले अनुसन्धानका क्रममा दोहाबाट नेपाल एयरलाइन्समा आउने यात्रुहरुलाई आर्थिक प्रलोभनमा पारेर अवैध सुन पठाउने गरेको पाइएको पनि बताए ।
यात्रुहरुले ल्याएको अवैध सुन नेपाल एयरलाईन्सका कर्मचारी यादवले बुझ्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4