Comments Add Comment

‘मेरो सरकार’मा प्रधानमन्त्रीको स्पष्टीकरण : वौद्धिक दिवालियापन देख्दा दया लाग्छ !

२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई मेरो सरकार भनेर राष्ट्रपतिले अपनत्व दिएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले मेरो सरकार भनेपछि भइरहेको बहस अनौठो भएको उनले बताए । सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ठूलाठूला नेताहरुलाई ब्रिटिस महारानीको गन्ध आयो । मलाई बौद्धिक दिवालिया पन देख्दा दया लाग्छ । यति साह्रो बौद्धिक दिवालिया पन हुनु हुँदैन ।’

राज्य संयन्त्रको सर्वोच्च निकाय राष्ट्रपति भएकाले जुन सरकार बन्छ, त्यो राष्ट्रपतिको सरकार हुने बताए । उनले फेरि भारतमा समेत मेरो सरकार भन्ने उदाहरण दिए ।

मेरो देश भन्नुको अर्थ अरुको होइन भन्ने नहुने भन्दै उनले भने, यो भनेको मेरो मात्र निजी भनेको हो र ? एउटा राष्ट्रय सामुहिक भाषाको सर्वोच्च अभिव्यक्ति हो ।’

प्रधानमन्त्री ओलीले मेरो सरकार भन्दा विरोध गर्नु सामन्ती चिन्तन भएको बताए । सामान्त चिन्तन एउटा अहम भएको र अर्को अर्को इगो, अहम सबै सिद्धिएको हिनग्रन्थी हुने भन्दै उनले भने, ‘जन्मसिद्ध श्रेष्ठता भएकाले मेरो सरकार भन्ने ठीक हो तर, जनताले छानेकाले कसरी भन्नु । यो भनेको जननिर्वाचितहरुको गरिमा त्यस्तो भन्ने हैसियतकै होइन । त्यो त कमजोर हैसियतको हो भन्ने सामन्त चिन्तन हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment