Comments Add Comment

रोहिंग्याको रिपोर्टिङ गरेका दुई पत्रकार रिहा

२४ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय समुदाय र कूटनीतिक क्षेत्रको व्यापक दबावपछि म्यानमानरले दुई पत्रकार रिहा गरेको छ ।

राज्यको गोप्यता भंग गरेको आरोपमा जेल परेका पत्रकारद्वय वा लने र क्याव साई मंगलबार रिहा भएको रोयटर्सले जनाएको छ ।

सात वर्षको जेल सजाय सुनाइएका दुवै पत्रकारलाई राष्ट्रपति विन मिन्टले आममाफी दिएका हुन ।

२०१७ डिसेम्बरमा पक्राउ परेका उनीहरू पाँच सय दिन भन्दा बढी जेलमा बसे । रोयटर्समा कार्यरत उनीहरूले १० लाख रोहिंग्या मारिको ‘राखिने’ प्रान्तमा खोजमुलक रिपोर्टिङ गरेका थिए ।

तर, त्यहाँको सरकारले गोप्यता भंग गरेको आरोप लगाउँदै उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा अदालतले ७ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।

दुई पत्रकारमाथि गरिएको फैसलालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रुपमा हेरिएको थियो । साथै यो घटनापछि म्यानमारको प्रजातन्त्रमाथि पनि विश्व समूदायले प्रश्न उठाएको थियो ।

पत्रकार वालेले रिहाइपछि पुनः समाचार कक्षमा गएर पत्रकारितालाई निरन्तरता दिने बताएका छन् । ‘म मेरो परिवार र सहकर्मीहरुलाई भेट्न पाउँदा निकै नै खुसी र उत्साहित छु । र, न्युजरुममा जान कुनै प्रतीक्षा गर्दिनँ’, वा लेनले बीबीसीसँग भनेका छन् ।

दुई पत्रकारसँगै म्यानमारका हजारौं कैदीहरुले पनि आममाफीकाे सुविधा पाएका छन् । म्यानमारमा हरेक नयाँ वर्षको अवसरमा राष्ट्रपतिले आममाफी दिने प्रचलन छ । त्यही प्रचलन अनुरुप २ पत्रकारसहित हजारौं कैदीबन्दीले आममाफी पाएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment