+
+

पोखरामा अल्ट्रालाइट दुर्घटना, यात्रु सकुशल

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २४ गते १५:०७

२४ वैशाख, पोखरा । हेलि एअर कम्पनीको अल्ट्रालाइट मंगलबार अवतरणका क्रममा दुर्घटना भएको छ । अल्ट्रालाइटमा चालक फ्रान्सका ४५ वर्षीय एरिक र यात्रु नवलपरासी गैंडाकोट नगरपालिकाका ३५ वर्षीय अनिश भट्टचन सवार थिए ।

दुर्घटनाबाट यात्रुको हातमा सामान्य चोट लागेको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए । दिउँसो करिब २ बजेर १५ मिनेटमा अल्ट्रालाइट विमानस्थलको दक्षिण धावनमार्गमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । उक्त अल्ट्रालाइट १ बजेर ४५ मिनेटमा उडान भरेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

अल्ट्रालाइटको पंखामा खराबी भएका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कास्कीका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । ‘अल्ट्रालाइटको २ वटा पंखामा खराबी रहेछ । त्यसैका कारण दुर्घटना भएको हुन सक्छ,’ उनले भने ।

यसअघि पोखरा विमानस्थलबाट ३ ठूला अल्ट्रालाइट भएका थिए । उक्त दुर्घटनाबाट ३ विदेशी र २ नेपालीको ज्यान गइसकेको छ । ती सबै दुर्घटना एभिया क्लबले उडाउँदै आएको अल्ट्रालाइट थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?