Comments Add Comment

धनकुटालाई राजधानी बनाउन माग गर्दै दबावमुलक आन्दोलन जारी

Photo Credit : Bijay Santoshi Rai

२५ वैशाख, धनकुटा । प्रदेश १ को राजधानी धनकुटालाई बनाउन माग गर्नेहरुले दबावमुलक कार्यक्रम जारी राखेका छन् । बुधबार दिउँसो ३ बजेदेखि एक घण्टा चक्काजाम गर्ने कार्यक्रम तय गरिएको छ ।

मंगलबार पनि धनकुटाको जिरो प्वाइन्टमा मध्याह्न १२ बजेदेखि १ बजेसम्म एक घण्टा चक्काजाम र राति ७ बजेदेखि साढे ७ बजेसम्म ब्ल्याक आउट गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले अहिले जिल्लाको अवस्था सामान्य रहेको बताए । ‘गाडीहरु पनि चलिरहेका छन्, स्थिति नर्मल छ,’ उनले भने ।

प्रदेश सभाले प्रदेश १ को स्थायी राजधानी विराटनगरलाई नै कायम गर्ने निर्णय गरेको छ । तर धनकुटाका बासिन्दाले भने धनकुटालाई नै स्थायी राजधानी बनाउनुपर्ने माग गर्दै आएका छन् । उनीहरुले सुन्दरवाबु श्रेष्ठको अध्यक्षतामा धनकुटा प्रादेशिक राजधानी अभियान समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । उनीहरुले अहिले जारी आन्दोलनलाई अन्तिम र निर्णायक भनेका छन् ।

धनकुटालाई प्रादेशिक राजधानी नबनाए जिल्लाको पहिचान, इतिहास र अस्तित्व मेटिने उनीहरुको चिन्ता छ । धनकुटा बजारमा हाल चहलपहल घटेको र व्यापारी तथा सर्वसाधारण बसाइँ सरेर धरान, इटहरी र विराटगरतर्फ गइरहेको उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment