+
+

अदालतको गरिमा बढ्ने गरी काम गरौं : मुख्यमन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २६ गते ११:२३

२६ वैशाख, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले न्याय दिने क्रममा बिभिन्न समयमा संस्थाको गरिमा नै संकटमा पर्ने गरी हुने फैसलाप्रति सचेत रहनुपर्ने बताएका छन् अदालतको गरिमामाथि आँच आउने गरी विगतमा भएका फैसलाबाट पाठ सिक्नुपर्ने उनको भनाइ छ ।

प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिहीबार कानून दिवसमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले भने, ‘न्यायमूर्तिले अनुहार हेरर होइन, निर्मम ढंगबाट फैसला गर्नुपर्छ, मेरो र तेरोभन्दा पनि सही के हो त्यो आधारमा काम गर्न सकिएमात्र गरिमा बढ्छ ।’

उनले न्यायालयमा सबैको समान पहुँच भए मात्रै न्याय हुनेमा जोड दिए । उनले प्रदेशमा कानून निर्माणको काम भैरहेको भन्दै सरकारको गति बढाउनका लागि आवश्यक कानून निर्माण छिटो गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले राजनीतिक घटनाक्रम अनुसार कानून परिवर्तन नहुँदा जनताको न्यायालयप्रति विश्वास घटेको बताए । समयक्रमअनुसार कानून निर्माण गर्ने व्यक्ति र कार्यान्वयन गर्ने निकाय पनि परिवर्तन हुनुपर्ने बताए । ‘भनसुनको आधारमा न्याय दिने, पहुँच नभएकाहरुलाई हेप्ने संस्कार फेर्नु पर्छ,’ उनले भने ।

कार्यक्रममा उच्च अदालत पाटन हेटौंडा इजलासका मुख्य न्यायाधीश पुष्पराज कोइराला, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामालगायतले जनताको न्यायलयमा सहज पहुँच पुर्‍याउने कानून निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?