+
+
Shares

नख्खु कारागारमा कैदीबन्दी भेटघाटमा कडाइ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २७ गते २०:४२

२७ वैशाख, काठमाडौं । नख्खु कारागार प्रशासनले कैदीबन्दी भेटघाटमा कडाइ गरेको छ । कारागारभित्र रहेका कैदीबन्दीबाट सुरक्षा चुनौति भएको प्रहरी अनुसन्धानबाट देखिएपछि कडाइ गरिएको हो ।

कारागारका एक अधिकारी अनुसार अहिले परिवारका सदस्य र कानुन व्यवसायी बाहेक अन्यलाई कैदीबन्दीसँग भेट गर्न रोक लगाइएको छ ।

‘परिवारको सदस्य र वकिलबाहेक अन्यलाई भेट्न कारागार व्यवस्थापन कार्याविधि, २०७३ को पहिलो संसोधनले पनि रोक लगाएको छ’, ती अधिकारीले भने, ‘भेट्नै परे प्रमुख जिल्ला अधिकारीबाट स्वीकृति लिएर आउनुपर्ने छ ।’

यो पनि, ‘गौचन बनाइदिन्छु’ भन्दै ठूला ठेकदारलाई कसले दिइरहेको छ धम्की ?

नख्खुका जेलर उप–सचिव वेधनीधि अधिकारीले केही दिन अघि एक सूचना जारी गर्दै गम्भिरता पूर्वक यो निर्णयको पालन गर्न सशस्त्र प्रहरी बल, नेपाल कारागार सुरक्षा बेश क्याम्प लगायतलाई निर्देशन दिएका थिए ।

सूचनामा कारागारमा कैदीबन्दीको संख्या दिनप्रतिदिन बढ्दो अवस्थामा रहे पनि सुरक्षाकर्मी साविक बमोजिम नै रहेकाले पनि यो निर्णय गरिएको भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?