Comments Add Comment

विपिन भन्छन्–‘जात्रै जात्रा’ पूर्ण कमर्सियल फिल्म’

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘जात्रै जात्रा’ दर्शकका लागि प्रतिक्षामा छ । यो चलचित्रमा नायक विपिन कार्की ‘फणिन्द्र’ नामको पात्रको भूमिकामा छन् । नायक कार्कीले चलचित्र ‘जात्रै जात्रा’लाई पूर्ण रुपमा व्यवसायिक चलचित्र भनेका छन् । उनले भने–‘यसपटक हामीले चलचित्रलाई पूर्ण कमर्सियल बनाएका छौ ।’

चलचित्रमा सुन काण्ड मात्र नभएको उनले बताए । विपिनले भने–‘जात्रा’ भन्दा जात्रै जात्राले अझै दर्शकलाई मनोरञ्जन दिन्छ भन्ने आशा छ । यो सुन काण्डको कथा मात्र होइन ।’ ‘जात्रा’ले दर्शक र समिक्षक दुबैको तारिफ पाएको थियो, जात्रै जात्रा समिक्षकका लागि होइन त भन्ने प्रश्नमा विपिनले भने–‘यसपटक चलचित्रलाई पूर्ण व्यवसायिक बनाइएको छ । समिक्षकलाई मन पर्न पनि सक्छ, मन नपर्न पनि सक्छ ।’

विपिनले यो चलचित्रबाट आफू पूर्ण रुपमा आशावादी रहेको समेत सुनाए । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा विपिनको अलवा दयाहाङ राई, बर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment