+
+

नमितालाई के भनुँ भन्दै विश्व

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २९ गते १४:५६

मोडलद्धय विश्व शर्मा र नमिता भुषाल फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक आर.के खत्रीको शब्द, संगीत र स्वरमा सजिएको ‘कसरी भनुँ’ बोलको गीतलाई रिकेश गुरुङले ऐरेन्ज गरेका हुन् । एउटा प्रेमीले व्यक्त गर्न नसकेको प्रेमको भाव समेटिएको पे्रमिल गीत निकै सुमधुर बनेको छ ।

विकि पुलामीको निर्देशन रहेको गीतको भिडियोमा कुन्चोक शेर्पाको छायांकन र सतिज श्रेष्ठको सम्पादन रहेको छ । म्युजिक भिडियोको आधा भन्दा बढि छायांकन अमेरिकामा गरिएको हो । अमेरिकामा बसोबास गर्दै आएका विश्व र नमिताले यसअघि पनि थुप्रै गीतहरुमा एकसाथ काम गरिसकेका छन् ।

यि दुईले अभिनय गरेको ‘आत्मामा’, ‘टुक्रेको मुटु’ लगायत म्युजिक भिडियो दर्शकमाझ निकै चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?