+
+

बजाजले ल्यायाे एक्सचेन्जसँगै अपग्रेड अफर

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २९ गते २०:१२

२९ वैशाख, काठमाडौं  ।नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले “बजाज एक्सचेन्ज सँगै अप्ग्रेड” अफर सार्वजनिक गरेको छ ।

वैशाख २९ गतेबाट जेठ ३ गतेसम्म लागू हुने यस अफरमा ग्राहकहरुले हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. टेकु रोड, काठमाडौंमा गएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्नेछन् ।

कम्पनीले कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३०,००० सम्मको मूल्याकंन र प्रचलित बजार भ्यालूयसन भन्दा थप १५,००० प्रदान गर्नेछ । ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा निशुल्क हेल्मेट, बाईक कबर, व्याक्स, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पाउने छन् ।

ग्राहकहरुले बजाजको नयाँ वर्ष २०७६ को स्कीम “बजाज उल्टो अफर” को लाभ लिन सक्नेछन् जसमा बजाजको मोटरसाईकल किन्नु भन्दा अगाडि नगद पुरस्कार र किने पछि पनि १ लाखसम्मको नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?