
बहुउद्देश्यीय भेरी बबई डाइभर्सन परियोजनाले उत्कृष्ट राष्ट्रिय गौरवको आयोजनाको अवार्ड पाएको छ ।
हिमालय टेलिभिजनको आयोजनामा आइतबार काठमाडौंमा गरिएको इन्फ्रास्टक्चर एक्सिलेन्स अवार्ड २०१९ मा उत्कृष्ट राष्ट्रिय गौरवको आयोजनाको रुपमा भेरी बबई डाइभर्सनको सुरुङ खण्डको निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी पुरस्कृत भएको हो ।
लाइफ टाइम अचिभमेन्ट अवार्ड ईन्जिनियर शंकरनाथ रिमाललाई प्रदान गरिएको छ ।
उत्कृष्ट राष्ट्रिय गौरव आयोजनाः बहुउद्देश्यीय भेरी बबई डाइभर्सन परियोजना
उत्कृष्ट पब्लिक पर्पस प्रोजेक्टः मध्यपहाडी लोकमार्ग/चन्द्र एण्ड बसन्त कन्स्ट्रक्सन प्रालि
बेस्ट पपुलर प्रोजेक्टः कर्णाली पुलरएएनके कन्स्ट्रक्सन कम्पनी
उत्कृष्ट पुनर्निर्माण आयोजनाः मनकामना मन्दिर/मनकामना मन्दिर जिर्णोद्धार समिति
मध्यम खालको निर्माण कम्पनीः कनक आचार्य
साना खालको निर्माण कम्पनीः शैलेन्द्र श्रेष्ठ
उत्कृष्ट परामर्शदाताः बेदप्रसाद सापकोटा
उत्कृष्ट हाउजिङ प्रोजेक्टः सीई कन्स्ट्रक्सन
बेष्ट इनोभेटिभ होउजिङ प्रोजेक्ट इनिसिएटेडः डाउनटाउन अपार्टमेन्ट
लाइफ टाइम अचिभमेन्ट अवार्डः ई शंकरनाथ रिमाल
पूर्वाधार विकासका क्षेत्रमा भइरहेका उत्कृष्ट कार्यलाई सम्मान गर्न हिमालय टेलिभिजनको आयोजनामा नेपालमै पहिलोपटक इन्फ्रास्टक्चर एक्सिलेन्स अवार्ड २०१९ आयोजना भएको हो ।पूर्वाधार विकास राष्ट्रिय प्राथमिकता भएको सन्दर्भमा यो क्षेत्रमा भइरहेका उत्कृष्ट कार्यलाई पुरस्कृत गरी पूर्वाधार विकासलाई प्रोत्साहित गर्न र निर्माण क्षेत्रमा सकारात्मक उर्जा भर्न अवार्ड आयोजना गरिएको हिमालय टेलिभिजनले जनाएको छ ।
प्रत्येक विधामा पाँचवटा प्रतिस्पर्धीको छनोट गरी तीमध्ये एउटालाई निर्णायकको मतअनुसार अवार्ड प्रदान गरिनएको हो । अवार्डका दावेवार परियोजनाको छनोटका लागि अनुसन्धान संस्था ‘फ्याक्ट’लाई अनुबन्ध गरिएको थियो ।
अवार्डमा मनोनयनमा पर्नका लागि तय गरिएका मापदण्डका आधारमा लामो अनुसन्धानपछि फ्याक्टले सूचीकरणमा परेका परियोजना, कम्पनी तथा ब्यक्तित्वहरु विवरण निर्णायक टिमलाई उपलब्ध गराएको थियो ।







भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलाई मायाको चिनो हस्तान्तरण गर्दै हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल, मन्त्री महासेठ अवार्ड कार्यक्रममको प्रमुख अतिथिको रुपमा थिए





प्रतिक्रिया 4