Comments Add Comment

मेरो होइन, हजुरको सरकार !

३१ वैशाख, काठमाडौं । राष्ट्रपतिले ‘मेरो सरकार’ भनेपछि नीति तथा कार्यक्रममाथिको बहस नै छायाँमा पर्‍यो । प्रमुख विपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालले सरकारमाथि राष्ट्रपतिलाई बेलायती महारानी बनाउने खोजेको आरोप लगाए । कतिपयले ‘राष्ट्रपतिको सरकार’ भन्दै व्यग्य गरे ।

सरकारका मन्त्रीहरु मात्र होइन, प्रधानमन्त्री समेत मेरो सरकारको बचाउमा लागे ।

तर, बजेटको सिद्धान्त र प्राथमिकतामाथि संसदमा मंगलबार भएको छलफलमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाडले नयाँ शब्द प्रयोग गरे, ‘हजुरको सरकार’ ।

सरकारले नीति तथा कार्यक्रममा मात्र होइन, बजेटको सिद्धान्त र प्राथमिकतामा समेत मौलिक हक कार्यान्वयन गर्न प्रतिवद्ध छु भनेको तर, व्यवहार त्यस विपरीत गरेको बताए । ‘हजुरको सरकारले नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक ल्यायो’ उनले भने, ‘यो विधेयक अधिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने, प्रेस स्वतन्त्रता कुन्ठित गर्ने खालको छ ।’

मानवअधिकार आयोगसम्बन्धी विधेयक पनि त्यस्तै भएकाले फिर्ता लैजान आग्रह गरे । आफूले ‘मेरो सरकार’ भन्न मिल्यो कि मिलेन भन्ने अन्यौल रहेकाले हजुरको सरकार भन्नु परेको कांग्रेस सांसद खाडले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment