Comments Add Comment

‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’को घोषणा

चलचित्र पत्रकार संघ नेपालले यो बर्षको ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’को घोषणा गरेको छ । संघको वुधबार बसेको कार्यसमिती बैठकले यो निर्णय गरेको हो । चलचित्र पत्रकारिता दिवसको अवसर पारेर, हरेक बर्षको जेठ ७ गते चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने गरिन्छ ।

संघले यो बर्षको ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’बाट रंग पत्रकारद्धय नरेश भट्टराई र श्याम स्मृतलाई सम्मानित गर्ने निर्णय गरेको छ । यस्तै, ‘चलचित्र पत्रकारिता पुरस्कार’बाट पत्रकारद्धय कुवेर गिरी र शारदा थापालाई पुरस्कृत गर्ने निर्णय संघले गरेको छ । दुबै जनालाई नगद २१ हजार, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ ।

यस्तै, संघको कार्यसमितीको बैठकले ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ फोटो पत्रकार विनोद पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । जेठ ७ गते २० औं स्थापना दिवसको अवसर पारेर भव्य कार्यक्रम गर्दै सम्मान तथा पुरस्कार प्रदान गरिने संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment