+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रुपन्देहीमा एक युवतीको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १ गते १४:४६

१ जेठ, बुटवल । रुपन्देहीमा एक यवती मृत अवस्थामा फेला परेकी छन् ।

बिहेको तयारीमा रहेकी १९ वर्षीया सवनाम निशाको शव गैडहवा गाउँपालिका वडा–१ साडीको भुझौली भन्ने गाउँमा उनको शव फेला परेको हो ।

सुख्खा कुलोमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनामा संदिग्ध एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निशाको शव पोष्टमार्टका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले घटना गम्भीर प्रकृतिको भएका कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको बताए । ‘पोष्टमार्टम रिपोर्टअनुसार घटनाको अनुुसन्धान गर्छौं । चाडै नै दोषीलाई कानुनी दायरामा ल्याउँछौं’ एसपी थापाले भने ।

मृतका बाबु महोम्मद हिसाहारका अनुसार सोमबार राति खाना खाएपछि छोरी कोठामा सुत्न गएका थिइन् । राति आमाले हेर्दा कोठामा नदेखेपछि ओजी गर्दा नभेटिएको भन्दै उनले भने, ‘मंगलबार पनि दिनभर खोज्यौ फेला पारेनौ तर आज यही भेटियो ।’

निशाको बिहे जेठ महिनामा नै हुने तय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?