Comments Add Comment

पार्टीलाई जानकारी नदिई स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा पुगे सांसद

१ जेठ, काठमाडौं । समाजवादी पार्टीका सांसद प्रदीप यादव पार्टीलाई समेत जानकारी नदिई स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा सहभागी भएको खुलेको छ ।

यादवसँगै राजपा सांसद एकवाल अहमद लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको कार्यक्रममा सहभागी भएका थिए ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने यादवको सहभगिताबारे पार्टीलाई कुनै जानकारी नभएको बताएका छन् । उनले विज्ञप्ति जारी गर्दै यादवले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभए अनुशासनको कारबाही गर्ने समेत बताएका छन् ।

एक चीन नीतिप्रति प्रतिवद्ध रहेको भन्दै समाजवादी पार्टीले विवादास्पद भ्रमणका क्रममा सांसद यादवले राखेको धारणाले पार्टीको विचारको प्रतिनिधित्व नगर्ने समेत प्रष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment