+
+

भरतपुर अस्पतालको नयाँ मेडिकल सुपरिटेन्डेन्टमा बगाले

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १ गते २०:०६

१, जेठ, चितवन । चितवनको भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त भएका छन् । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको मन्त्रीस्तरीय निर्णयबाट डा बगाले मेसु नियुक्त भएका हुन् ।

यसअघि मेसु रहेका डा. कृष्णप्रसाद पौडेललाई हटाएर मन्त्री यादवले बालरोग विशेषज्ञ डा. बगालेलाई जिम्मेवारी दिएका हुन् । डा. बगाले १० औं तहका चिकित्सक हुन् । सरकारले भरतपुर अस्पताललाई गत माघ ७ गते विशिष्ट सेवासहितको विषेशज्ञ सेवा दिने अस्पताल घोषणा गरेको थियो ।

नवनियुक्त मेसु डा. बगालेले भरतपुर अस्पताललाई सरकारले घोषणा गरेअनुसार नै विशेषज्ञ सेवासहितको विशेषज्ञ अस्पताल बनाएर सेवा प्रवाहलाई चुस्त पारिने बताए । अस्पतालको विकास र विस्तारका लागि काम अगाडि बढाइने डा. बगालेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?