
२ जेठ, नवलपरासी । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाका–२ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।
ग १ त ५१७४ नम्बरको ट्याक्टर बुधबार साँझ दुर्घटना हुँदा बौदीकाली–२ का १६ वर्षीय सुदीप नेपालीको मृत्यु भएको हो ।
ट्याक्टरबाट अचानक खसेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँ लगेकोमा स्वास्थ्य केन्द्रका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्याक्टर र त्यसका चालक प्रहरी नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4