Comments Add Comment

इन्स्टाग्राममा मत सर्वेक्षण गरेर किशोरीले गरिन् आत्महत्या

फोटो शेयरिङ एप इन्स्टाग्राममा मत सर्वेक्षण गरेर एकजना किशोरीले आत्महत्या गरेकी छन् । मलेसियाकी एक १६ वर्षीया किशोरीले आफ्नो इन्स्टाग्राममा आफ्ना फलोअर्ससँग मत सर्वेक्षण गरेकी थिइन् ।

मत सर्भेक्षणमा उनले आफु मर्दा ठीक हुन्छ कि बाँच्दा ठीक हुन्छ भनेर सोधेकी थिइन् । त्यसक्रममा उनका ६९ प्रतिशत फलोअर्सले मर्दा ठीक हुन्छ भन्ने मत प्रकट गरे ।

बहुमत फलोअर्सले ‘मरे हुन्छ’ भनेपछि ती किशोरीले आत्महत्या गरिन् । मलेसियाको सारावाक राज्य पुलिसका अनुसार ती किशोरीले आफ्नो इन्स्टाग्राममा राखेको पोलमा लेखेकी थिइन्‘निकै महत्वपूर्ण, छनोटमा सहयोग गर्नुहोस्, मरण÷जीवन ।’

उनको त्यो पोलमा भोट गर्नेमध्ये ६९ प्रतिशतले मरण अर्थात् डेथ अप्सनमा भोट गरेका थिए । त्यो उनलाई सह्य भएन र आत्महत्याको बाटो रोजिन् ।

मृतक पक्षका वकिलका अनुसार ती किशोरीको इन्स्टाग्राम पोष्टमा मर्दा हुन्छ भन्ने विकल्पमा मत जाहेर गर्ने इन्स्टाग्राम प्रयोगकर्तामाथि आत्महत्या गर्न बाध्य पारेको अभियोगमा कारवाही हुनसक्ने सम्भावना छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment