+
+
Shares

श्रीलंका विस्फोटमा मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्वलन

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ५ गते १३:५१

५ जेठ, काठमाडौं । श्रीलंकामा भएको शृङखलाबद्ध विस्फोटमा मृत्यु भएकाहरुको सम्झनामा नेपालीहरु समुदायले दीप प्रज्वलन गरेका छन् ।

विस्फोट भएको मध्ये कोलम्बोको कोच्चिकाडेमा रहेको एसटी.एन्थनी चर्चमै नेपाली समुदायले आइतबार दीप प्रज्वलन गरेका हुन् ।

‘हामी यस कठिन परिस्थितिमा श्रीलंकाका नागरिकको साथमा छौं’ भन्ने श्लोगनका साथ नेपाली विद्यार्थी समाज श्रीलंकाको अगुवाइमा दीप प्रज्वलन गरिएको कार्यक्रमका सचिव अजय कार्कीले जानकारी दिए ।

गत वैशाख ८ गते इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला विभिन्न चर्च र होटलहरुमा शृङखलाबद्ध बम विस्फोट भएको थियो । विष्फोटमा करिब ३०० जनाको मृत्यु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?