Comments Add Comment

नेकपाको मकवानपुर जिल्ला कमिटी १४५ सदस्यीय

५ जेठ, हेटैंडा । नेकपा ३ नम्बर प्रदेश समितिको वैठकले नेकपा मकवानपुरको जिल्ला कार्य समितिको एकता प्रक्रिया टुङ्ग्याएको छ ।

नेकपा प्रदेशको बैठकले जिल्ला कमिटीमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबाट गरी १४५ जनाको नाम टुङ्ग्याएको हो । जिल्ला कमिटीको अध्यक्षमा तत्कालीन एमालेकी जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिवमा माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमबहादुर पुलामी ‘छिन्तु’ रहेका छन् ।

जिल्ला कमिटीमा तत्कालीन एमालेबाट ७८ जना र माओवादी केन्द्रबाट ६७ जना रहेका छन् । सिफारिस भएका मध्ये पूर्वएमालेका २२ जना र पूर्वमाओवादीका २८ जना भने जिल्ला कमिटीमा अटाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment